मिर्गौला प्रत्यारोपण गरेका खनाललाई अझै १० दिन आईसीयूमा राखिने, कस्तो छ स्वास्थ्य अवस्था ?-Sutra News

मिर्गौला प्रत्यारोपण गरेका खनाललाई अझै १० दिन आईसीयूमा राखिने, कस्तो छ स्वास्थ्य अवस्था ?

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अवस्थामा सुधार आइरहेको उनको परिवारका एक सदस्यले बताएका छन्।



तर उनी सघन उपचार कक्षमा चिकित्सकीय निगरानीमा छन्। खनालको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो।

“उहाँको पाचनसम्बन्धी सबै प्रक्रिया र मापकहरू सबै सामान्य छन्,” छोरा निर्भिक चित्रकार खनालले भने, “अहिले इम्यूनोसप्रेसन्ट (प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकृत गर्न रोक्ने औषधि) प्रयोग गरिएका कारण आईसीयूमा राखिएको छ।”

दिल्लीबाट बीबीसीसँग कुरा गर्दै उनले आफ्ना बुवालाई अझै १० दिन आईसीयूमा राखिने बताए।

“उहाँले आजबाट नरम खानेकुरा खान पनि सुरु गर्नुभएको छ,” उनले भने।

नेपालमा खनालको नियमति जाँच तथा उपचारमा संलग्न मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार सङ्क्रमणको जोखिमका कारण खनाललाई अझै केही समय चिकित्सकीय निगरानीमा राखिन लागेको हो।

खनाललाई ससुरालीतर्फका एक आफन्तले मिर्गौला दान गरेको भनिएको छ। तर ती व्यक्तिको परिचय खुलाइएको छैन।

 बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट