उपत्यकामा भयावह बन्दै कोरोना संक्रमण : एकैदिन थपिए ७०१ संक्रमित-Sutra News

उपत्यकामा भयावह बन्दै कोरोना संक्रमण : एकैदिन थपिए ७०१ संक्रमित

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 



काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरि ७०१ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै यही अवधिमा थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट