जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना-Sutra News

जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

जोहनेसवर्ग- दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमाले जेलमै अफठ्यारो महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।



“पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो”, एक अधिकारीले सञ्चारकर्मीहरुसँग भने ।

पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनीले प्रहरी समक्ष आत्मसमर्पण गरेर जेल गएका हुन् । 

जुमा जेल परेपछि उनका समर्थकले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसका लागि सेना परिचालन गर्नुपरेको थियो ।

उनका समर्थकले मच्चाएको हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने सयौँ पक्राउ परेका थिए । प्रदर्शनका क्रममा पसल लुटिएको र भवनमा आगजनी गरिएको थियो । अहिले भने अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट