सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने-Sutra News

सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

काठमाडौं- सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने तयारी गरेको छ ।



कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर सरकारले परीक्षा स्थगन गर्न सिफारिस गरेको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिए ।

उनले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जानकारी दिए ।

”कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं,” उनले सामाजिक सञ्चालमा लेखेका छन्,”स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको जानकारी गराउँछु ।”

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिने तालिका थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट