आज यी ठाउँहरुमा भारी वर्षा हुँदै, सतर्क रहन आग्रह-Sutra News

आज यी ठाउँहरुमा भारी वर्षा हुँदै, सतर्क रहन आग्रह

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।



अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट