सीसीएमसीको पत्रपछि बोर्डले बोलायो बैठक, १२ को परीक्षाबारे छलफल हुँदै-Sutra News

सीसीएमसीको पत्रपछि बोर्डले बोलायो बैठक, १२ को परीक्षाबारे छलफल हुँदै

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँ । स्थगित गरिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ ।



स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आवश्यक निर्णय लिनका लागि बोर्डको बैठक बस्न लागेको हो ।

सीसीएमसीले कोरोना संक्रमण बढेको काण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि बैठक बोलाइएको हो ।

सामाजीक संजालमा ह्यासट्याग ‘क्यान्सिल एनइबी इक्जाम’ भन्ने ट्रेन्ड चलाइएको थियो । त्यसमा रवी लामिछाने, विनोद चौधरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि समर्थन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट