आज यी नदीहरुमा बाढी जाने सम्भावना, विभागले दियो यस्तो चेतावनी-Sutra News

आज यी नदीहरुमा बाढी जाने सम्भावना, विभागले दियो यस्तो चेतावनी

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौदम पूर्वानुमान जारी गरेको छ ।



आज कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती,बबई र यसका सहायक नदीहरुमा बहाव बढ्ने विभागले जनाएको छ ।

त्यस्तै कन्काई,तिनाउ,पश्चिम राप्ती लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

 विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट