हेलिकप्टरले पनि निभाउन सकेन बालाजु औद्योगिक क्षेत्रको आगलागी-Sutra News

हेलिकप्टरले पनि निभाउन सकेन बालाजु औद्योगिक क्षेत्रको आगलागी

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ ।



आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

आगो निभाउनका लागि प्रयोग भएको हेलिकप्टरले पनि काम गर्न नसकेपछि उक्त क्षेत्रबाट हेलिकप्टर फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट