१२ कक्षाको परीक्षा रोक्न गगन थापाको माग-Sutra News

१२ कक्षाको परीक्षा रोक्न गगन थापाको माग

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने बताएका छन् ।



सामाजीक संजालमा लेख्दै उनले १२ को परीक्षा रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आग्रह गरेको बताएका छन् ।

उनले प्रधानमन्त्रीलाई परीक्षा रोक्न आग्रह गरेको र प्रधानमन्त्री देउवाले द्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाएको जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम अझै बढ्न सक्ने भन्दै कक्षा १२ को परीक्षा रोक्न यतिबेला चौतर्फी रुपमा दबाब आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट