नेपाल आइपुग्यो जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप-Sutra News

नेपाल आइपुग्यो जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

 काठमाडौँ । जापान सरकराले अनुदानमा दिने भनेको कोरोना भाइरसविरुद्धको खोप शनिबार नेपाल आएको छ ।



नेपालका लागि जापानी राजदूत किकुटा यूटाकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।  

आज ३ लाख बढी डोज खोप नेपाल आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भोली ५ लाख डोज खोप आउनेछ ।

पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ । प्रदेश-१ र प्रदेश-२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट