महाभारतको युद्ध समाप्त हुँदासम्म कौरव योद्धाहरू सोत्तर भइसकेका थिए । पाण्डव पनि केही समयका लागि हस्तिनापुरमा राज्य गरेर हिमालय गए । त्यहाँ पनि एक एक गर्दै चार भाइको मृत्यु भयो । एक युधिष्ठिर मात्र कुकुरको साथ लागेर जीवितै स्वर्ग गए । उनले स्वर्ग र नर्क दुवै देखे ।
स्वर्गमा प्रवेश गर्दा युधिष्ठिरले दुर्योधनलाई देखे । आफ्ना भाइहरूलाई पनि उनले भेटे । कसरी दुर्योधन स्वर्ग पुग्यो होला भन्ने भीमको जिज्ञासा रह्यो ।
जीवनभरि पुण्यको कुनै काम नगरेको दुर्योधन कुन पुण्यले स्वर्ग पुग्यो होला भनी भीम छक्क पर्नु स्वाभाविक थियो । ईश्वरको न्यायसम्पानमा कुनै त्रुटि पो भयो कि भनी उनलाई लाग्यो ।
तर युधिष्ठिरले यसको उत्तर दिए । उनका अनुसार सानो पुण्य ग-यो भनेपनि स्वर्गमा बस्न पाइन्छ । धेरै खराबी हुँदाहुँदै पनि दुर्योधनमा एउटा सद्गुण थियो । आफ्नो लक्ष्यप्राप्तिका लागि ऊ डटेर लाग्थ्यो । उसको लक्ष्य खराबै भएपनि ऊ त्यसमा दत्तचित्त भएर लाग्थ्यो । ध्येयप्रति तन्मय भएर लाग्नु सद्गुण हो । यही सद्गुणजन्य पुण्यको परिणामस्वरूप केही समयका लागि दुर्योधनले स्वर्गभोग गर्न पायो ।