१९ वर्षकी विश्वकै सुन्दर यी युवती, जो ३६ वर्षका अर्बपतिसँग प्रेममा छिन्-Sutra News

१९ वर्षकी विश्वकै सुन्दर यी युवती, जो ३६ वर्षका अर्बपतिसँग प्रेममा छिन्

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

१९ वर्षकी मोडल येल शेल्बियाले टिसी क्याण्डलरको वार्षिक सूचीमा १०० सबैभन्दा सुन्दर अनुहारको सूचीमा शीर्ष स्थान हासिल गरेकी छिन् । उनको इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर रहेका छन् ।



येलको जन्म इजरायलको एउटा सानो शहरमा यहुदी परिवारमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनका इन्स्टाग्राम फोटोहरु देखेपछि उनलाई फोटोशुटमा सहभागी हुन भनेका थिए । त्यसपछि येलको मोडलिङ करिअर अघि बढेको थियो । येलले इजरायलको एयरफोर्समा रहेर सैनिक सेवा पनि गरिसकेकी छिन् ।

येलले अहिले ३६ वर्षका अर्बपति ब्रण्डन कोर्फसँग डेट गरिरहेकी छिन् । ब्रेण्डन अमेरिकाका अर्बपति व्यवसायी सम्नर रेडस्टोनका नाति हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट