आफ्नै कारणले ‘फ्यान’हरु गुमाउँदै पूजा र आकाश !-Sutra News

आफ्नै कारणले ‘फ्यान’हरु गुमाउँदै पूजा र आकाश !

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

नायिका पूजा शर्माको संघर्षका कुरा गर्ने हो भने लामो कथा बन्छ । उनले विभिन्न संचार माध्यममा यसको बारेमा भन्ने समेत गरेकी छन् । तर यतिबेला पूजाका राम्रा दिनहरु सुरु भएका छन् । चलचित्र ‘प्रेमगीत’ले ल्याइदिएको पुजाको क्रेजलाई आजकल छरपस्ट जता पनि देख्न सकिन्छ । सुनका गहनादेखि विवाहसम्म गरिदिने फ्यान छन् पूजाका ।



सुदर्शन थापाको साहारा लिएर अगाडी बढेकी नायिकाको ट्याग पाएकी नायिका शर्माले त्यो ट्याग हटाउन, शिशिर राणाको चलचित्र ‘पोइ पर्यो काले’समेत नखेलेको पनि होइन ।

व्यवसायिक सफलता पाएको उक्त चलचित्रले पुजाको त्यो ट्यागलाई कुनै लछारपाटो लगाउन सकेन । त्यस्तै चलचित्रको नायिका मात्र नभएर पूजाले निर्माताको रुपमा पनि दर्शकमाझ ल्याइन् ।

आजकल पूजा जहाँ पनि फिट भन्ने चर्चा पनि चलेको छ । प्राय: पूजा शर्मा चर्चामा आउने गर्छिन यो त सबैलाई थाहा भएकै कुरा हो । पहिला उनी चलचित्र रिलिज हुनेताका चलचित्रका नायकलाई लिएर चर्चामा आउने गर्थिन, त कहिले अरु नायिकासँग मुछेको दुश्मनीका कारण । केहि समयअगाडी सम्म लामो समय नायक आकाश श्रेष्ठसँगको उनको मित्रताका कारण उनको चर्चामा वा विवादमा आउने शैली अर्कै भएको थियो । अब भने उनी प्रेमी र पुराना साथी आकाशका कारण फेरी चर्चामा आएकी छन् । आकाश पूजाका फ्यानहरुले आजकल पूजालाई निल्नु न ओकल्नु पारेर छोडेका छन् ।

चलचित्र रामकहानीमा संगै काम गरेदेखि दुवैको मित्रता गजबले गाजिएको थियो । उनीहरुलाई आकाशको जन्मदिनमा त सेटकै सुनका गहना उपहार पनि आएको थियो । त्यसपछि यस बिषयमा चर्चा नै सुरु भएको थियो, उनीहरुले फ्यान त किनेका होइनन् भनेर ।

कुरा सेलाउँदै गएको थियो तर जब यो लकडाउनमा सिन्धुपाल्चोकमा बाढीले क्षति पुर्याउँदा, सहयोग गर्न जाने क्रममा पुजा र आकाश पूर्व र पश्चिम लागे तब यो कुराले उनीहरुका फ्यान बिचलित हुन पुगे । केही दिनअगाडी एक कार्यक्रममा पुगेका दुवै जनालाई फ्यानले सँगै हुन आग्रह गरे, पूजा आकाशले सक्नेजति बुझाउन प्रयास पनि गरे तर जब दुई जनाकै जोडीको फ्यान क्लब छ । अनि दुवै छुट्टिएपछि फ्यान पनि त न यता न उता पो हुने हुन् कि । यी दुवैलाई अहिले निकै गाह्रो परेको छ । केहि कलाकारले आफ्नो व्यक्तिगत जीवन किन सार्वजनिक गर्न नखोज्ने रहेछन् भन्ने कुरा बल्ल बुझियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट