जेफ बेजोसको सम्पत्ति एकैदिन १५ खर्ब घटेपछि यी व्यक्ति बने विश्वकै सर्वाधिक धनी-Sutra News

जेफ बेजोसको सम्पत्ति एकैदिन १५ खर्ब घटेपछि यी व्यक्ति बने विश्वकै सर्वाधिक धनी

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।



लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर बिहीवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेकाे अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले जनाएकाे छ ।

फोर्ब्सका अनुसार बिहीवारसम्ममा आर्नोलको नेटवर्थ १ खर्ब ९९ डलर रहेको छ । बेजोसको भने १ खर्ब ९३ अर्ब डलर छ । बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो ।

टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति भने १ खर्ब ८४ अर्ब डलर रहेको छ । आर्नोल यसअघि पनि विश्वकै धनी व्यक्ति बनेका थिए ।

फोर्ब्सले हरेक वर्ष अर्बपतिको सूची सार्वजनिक गर्दै आएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट