काठमाडौं- ब्राजिलले टोकियो ओलम्पिकको पुरुष फुटबलमा २-१ को जित हासिल गर्दै स्वर्ण पदक जितेको छ ।
१-१ को बराबरीमा निर्धारित समय सकिएपछि अतिरिक्त समयमा शनिबार ब्राजिलका माल्कोमले १०८ औँ मिनेटमा एन्टोनीको पासमा गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले एक गोल गरी अग्रता लिए पनि स्पेनले ६१ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो ।
यसअघि घरेलु मैदानमा चार वर्षअघि भएको ओलम्पिकमा पनि ब्राजिलले स्वर्ण पदक जितेको थियो ।