पटपटी ओठ फुटे अपनाउनुस् यस्तो विधि-Sutra News

पटपटी ओठ फुटे अपनाउनुस् यस्तो विधि

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

काठमाडौं- ओठ फुटेपछि प्रायः हामीले मौसम परिवर्तनलाई दोष लगाउँछौं । तर, जसरी हामीले छालाको ख्याल राख्छौ, त्यसैगरी ओठको पनि हेरचाह गर्नुपर्छ । हामीले दैनिक रुपमा हाम्रो ओठको हेरचाहमा ध्यान दिन आवश्यक छ ।



ओठको हेरचाहको लागि तीनवटा धेरै नै सजिलो चरणहरु छन् । जसले हामीले निरन्तर प्रयाग गरयौं भने ओठलाई फुट्नबाट जोगाएर सुन्दर बनाउन मद्दत मिल्नेछ ।

पहिलो चरण

पहिलो चरणमा फुटेको ओठको छालालाई निकाल्नुपर्छ । यसको लागि बजार पाइने लिप स्क्रबको प्रयोग गर्नुपर्छ । यसका साथै चिनीमा मह मिसाएर पनि स्क्रबको तरिकाले प्रयोग गर्न सकिन्छ । ओठ मुलायम बनाउनको लागि मरिसकेको ओठको छालालाई हटाउन आवश्यक छ । ओठलाई स्क्रब गरिसकेपछि तौलियाले पुछ्नुपर्छ ।

दोस्रो चरण

छालाको हेरचाहमा यसलाई मोस्चराइज गर्न जति आवश्यक छ, त्यतिनै ओठलाई मोस्चराइज गर्न पनि जरुरी छ । ओठलाई चिल्लो र मुलायम बनाउनको लागि हामीले घरमै सजिलै पाइने नरिवलको तेलको प्रयोग गर्न सक्छौं । नरिवलको तेललाई कम्तिमा २० मिनेटसम्म ओठमा लगाएपछि यसलाई सफा गर्नुपर्छ । ओठलाई मोस्चराइज गर्न अत्यन्त आवश्यक छ ।

तेस्रो चरण

दुईवटै चरण पूर्ण रुपमा पालना गरेपछि तेस्रो चरणमा ओठमा बाम लगाउनु पर्छ । लिप बामको प्रयोग दिनमा कम्तिमा ४–५ पटक गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट