माधव नेपालले यस्तो चेतावनी दिएपछि रोकियो एमालेको केन्द्रीय कमिटी बैठक-Sutra News

माधव नेपालले यस्तो चेतावनी दिएपछि रोकियो एमालेको केन्द्रीय कमिटी बैठक

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोली सोमबारका लागि सारिएको छ ।



एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक सोमबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

बिहीबार र शुक्रबार बसेको माधव समूहको बैठकले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक रोक्न चेतावनी दिएको थियो । पार्टीलाई एकताबद्ध बनाउने हो भने आजको बैठक रोक्नुपर्ने माधव  पक्षको भनाई थियो ।

माधव नेपाल पक्षको मागबमोजिम नै केन्द्रीय कमिटीको बैठक रोकिएको बताइएको छ ।

एमालेमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विभिन्न विषयमा कुरा मिलेको छैन ।

पार्टी एकताका लागि पहल भइरहेको दुबै पक्षका नेताहरू बताउँछन् । तर दुबै पक्षका स्थायी र केन्द्रीय कमिटी बैठक भिन्नाभिन्नै रूपमा भइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट