काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तालिका सार्वजनिक भएर हाल परीक्षा सञ्चालन भइरहेका कुनै पनि परीक्षा स्थगित नुहने जनाएको छ ।
आइतबार त्रिविमा बसेको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको रजिष्टार पेशल दाहालले बताए ।
परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या थोरै र परीक्षा सकिने दिनपनि धैर्र नरहेकाले परीक्षालाई निरन्तरता दिने निर्णय गरिएको उनले बताए ।
परीक्षा तालिका सार्वजनिक नभएका र आगामी दिनमा हुने परीक्षाको विकल्पमा जान सक्ने गरि निर्णय भएको उनको भनाइ छ ।
त्रिविको अहिले सञ्चालन भइरहेको स्नातक प्रथम वर्षको परीक्षा साउन २९ गते र सेमेष्टर प्रणालीका परीक्षा भदौ ५ गते सकिँदैछ ।
कक्षा १२ को परीक्षा स्थगन भएसँगै त्रिविका परीक्षा के हुन्छन् भन्ने सबैमा अन्योलता रहेको थियो ।