देउवाको निर्णयमा गगन थापा नै छैनन् सन्तुष्ट !-Sutra News

देउवाको निर्णयमा गगन थापा नै छैनन् सन्तुष्ट !

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा संचालन गरेकोमा आपत्ति जनाएका छन् ।



सोमबार सामाजीक सञ्जाल ट्वीटरमा लेख्दै नेता थापाले कक्षा १२ को परीक्षा गरेर अन्य सञ्चालन गर्नुको आधार र तर्क के हो? भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले यस विषयमा सरकारको धारणासमेत मागेका छन् ।

‘@PM_nepal कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो। उनले लेखेका छन् ।

यसबाट प्रष्ट भएको छ कि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निर्णयबाट उनकै पार्टीका प्रभावशाली नेता गगन थापा पनि सन्तुष्ट छैनन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट