काँग्रेसमा खैलाबैला- देउवासँग कुरा नमिलेपछि पौडेल पक्षले बोलायो छुट्टै बैठक-Sutra News

काँग्रेसमा खैलाबैला- देउवासँग कुरा नमिलेपछि पौडेल पक्षले बोलायो छुट्टै बैठक

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

सत्तारुढ दल नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।



बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा आगामी महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

क्रियाशील सदस्यको विवादका कारण काँग्रेसको महाधिवेशन नहुने निश्चित भएको छ ।

यस्तै यता प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको यतिका दिन हुँदा पनि उनले मन्त्रिपरिषदलाई विस्तार गर्न सकेका छैनन् ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच खटपट सुरु हुन् थालेको छ ।

नेता पौडेलले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।

समयमा नै काँग्रेसको महाधिवेशन नभए पौडेल पक्षले देउवालाई काँग्रेसको सभापति नमान्ने चेतावनी दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट