एउटै महिलाले ९ जनासँग विवाह गरेपछि…-Sutra News

एउटै महिलाले ९ जनासँग विवाह गरेपछि…

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग ।



तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् ।  घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा दर्ता गरे । प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् । प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् ।

 केही दिनपछि पती–पत्नीबीच खटपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् । दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् । तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन ।

हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन् । आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट