सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार-Sutra News

सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टीको कारवाहीमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।



सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कारवाहेमा परेर सांसद पद गुमाएपछि पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्चमा रिट दायर गरेका थिए ।   

सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट