परीक्षा रोक्न माग गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अगाडि विद्यार्थीको प्रदर्शन-Sutra News

परीक्षा रोक्न माग गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अगाडि विद्यार्थीको प्रदर्शन

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अगाडि विद्यार्थीले प्रदर्शन गरेका छन्  ।



कोरोना संक्रमणको जोखिम कायम रहेको हुनाले अनलाइनबाट परीक्षा लिनुपर्ने उनीहरुको माग छ ।

सरकारले कोरोनाको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

१२ को परीक्षा स्थगित गरेको र अब त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने परीक्षा पनि स्थगित गर्नुपर्ने उनीहरुको माग छ ।

सत्तारुढ दल काँग्रेसका नेता गगन थापाले परीक्षा स्थगित गर्न माग गरेका छन् । उनले १२ को परीक्षा रोकेको तर ब्याचलरको परीक्षा किन नरोकेको भन्दै सरकारलाई प्रश्नसमेत गरेका थिए ।  

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट