कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदै-Sutra News

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदै

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

उर्जामन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् ।



आज बस्ने मन्त्रिपरिषदको बैठकमा उनले सो प्रस्ताव लैजान लागेकी हुन् ।

मन्त्रिपरिषदको बैठक ४ बजे बस्दैछ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो ।

केही दिनअगाडी ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर हालका निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट