प्राधिकरणमा भएन कुलमानको नियुक्ति-Sutra News

प्राधिकरणमा भएन कुलमानको नियुक्ति

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव उनीबारे कुनै पनि निर्णय हुन सकेको छैन।



निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो ।

केही दिनअगाडी ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर हालका निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याउने तयारी भइरहेको छ ।त्यस्तै रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याइने भएको छ ।

आजको बैठकमा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट