ओलीको फेरियो बोली: एमसीसी संशोधन गरेर पास गर्नुपर्ने अडान-Sutra News

ओलीको फेरियो बोली: एमसीसी संशोधन गरेर पास गर्नुपर्ने अडान

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संशोधन गरेर पारित हुनुपर्ने बताएका छन् ।   



उनी सत्तामा हुँदा कहिल्यै एमसीसी पास गर्नुपर्छ भनेर भनेका थिएनन् । तर प्रधानमन्त्रीबाट बाहिरिएपछि उनले यस्तो बताएका हुन् । 

‘सत्तारुढ दल एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’ उनले भने ।

त्यस्तै उनले वर्तमान सरकार अपवित्र भएको आरोप लगाएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरुविरुद्ध गाली गलौचको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट