यी हुन् मजबुत प्रतिरक्षा प्रणालीका लागि आवश्यक खानेकुराहरू-Sutra News

यी हुन् मजबुत प्रतिरक्षा प्रणालीका लागि आवश्यक खानेकुराहरू

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

मेवा



मेवामा भिटामिन सी र भिटामिन ए पाइन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा विद्यमान कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाइन्छ । यसका अलावा मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाइन्छ ।

दही

दहीमा भिटामिन ‘डी’ पाइन्छ । विभिन्न अनुसन्धान रिपोर्टहरूअनुसार भिटामिन डी कम हुनेहरूमा प्रतिरक्षा प्रणाली पनि कमजोर भएको पाइएको छ । भिटामिन डी का अतिरिक्त दहीमा ल्याक्टो-ब्यासिलस नामक राम्रा प्रोबायोटिक ब्याक्टेरियाहरू पाइन्छन् । यी ब्याक्टेरियाहरूले पेटका हानीकारक सुष्म जीवहरूसँग लड्नुका अलावा प्रतिरक्षा तन्त्रका लागि आवश्यक अनेकौँ जीव रसायनहरूको उत्सर्जन गर्ने गर्दछन् ।

ब्रोकाउली

ब्रोकाउलीमा भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर पाइन्छ । ब्रोकाउलीमा प्रचूर मात्रामा भिटामिन सी पाईने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

बदाम

बदाममा भिटामिन ई पाइन्छ । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

पालुङ्गो

पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवणहरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो स्रोत पनि हो ।

फर्सीको बिया

फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन । हामीले फर्सी खान जानेका छौँ तर फर्सीको बियाँ खान जानेका छौनौँ । वास्तवमा फर्सीभन्दा फर्सीको बियाँ कयौँ गुणा पौष्टिक छ ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट