अत्यधिक थकाई लागे यसो गर्नुहोस्-Sutra News

अत्यधिक थकाई लागे यसो गर्नुहोस्

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

स्वस्थ भोजन, व्यायाम र पर्याप्त निन्द्राले शरीरलाई ऊर्जा दिन्छ । तर कहिलेकाहिँ धेरै परिश्रम नगर्दा पनि शरीर कमजोर र थकाई भएको महसुस हुन्छ । कहिलेकाहिँ रोगका कारण थकाई महसुस हुनसक्छ ।
स्वास्थ्यखबरले लेखेको छ यसका साथै थकाई महसुस हुनुमा यी कारणहरु पनि हुनसक्छ:



प्रोटिनको मात्रा न्यून

खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरीर कमजोर हुनुका साथै थकाई महसुस हुन्छ। महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक–फरक भए पनि तौल र शारीरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ। प्रोटिन माछा–मासु र गेडागुडीमा प्रशस्त पाइन्छ ।

पोटासको कमी

पोटास यस्तो खनिज हो जसले तपाईंको शरीरको कोषलाई पूर्ण रुपमा काम गर्न सहयोग पुर्‍याउछ । त्यस्तै पोटासले मांशपेशीलाई बलियो बनाउँछ । केरा, बेरी, एभोकाडो र गाँजरबाट पर्याप्त पोटास पाइन्छ ।

अत्यधिक सुत्नु

त्यसो त शरीरलाई आवश्यक ऊर्जाको लागि पर्यात सुत्न विज्ञहरुले सुझाब दिए पनि अत्यधिक बढी सुत्दा शरीर आलस्य र कमजोर महसुस हुन्छ। अत्यधिक सुत्दा शरिरमा साईड इफेक्ट पनि हुन्छ । बढी निन्द्राले डायबिटिज, मोटोपन, मुटुको रोग र मृत्यु समेत हुने गरेको विभिन्न अध्ययनहरुले दखाएका छन् ।

शाकाहारी भोजन

भिटामिन बी १२ ले शरीरलाई आवश्यक पर्ने मेटाबोलिजम र उर्जा प्रदान गर्छ । मासु र अन्डामा यो भिटामिन पाइन्छ । बी १२ को कमिले शरीर कमजोर र आलश्य हुन्छ । त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ ।

डिहाईड्रेसन

पर्याप्त पानी नपिउँदा पनि निकै अल्छी र कमजोर अनुभूति हुन्छ । मझौला खालको डिहाईड्रेसनले पनि उर्जाको तह, मुड, स्पष्ट सोच्ने क्षमतामा असर गर्छ। त्यसैले पानी पर्याप्त मात्रामा पिउनु पर्छ ।

डिप्रेशन र चिन्ता

डिप्रेशनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउँछ । चिन्ताले हृदय र मुटुको चाल बढाउने र डिप्रेसनले मुड अस्थिर बनाउने भएकोले यस्ता रोगी शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट