लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध-Sutra News

लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

बैतडी- लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो ।



आज बिहान सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास वर्षाका कारण प्रभावित भएको छ ।

राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक बिस्तारको काम भइरहेको सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट