उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप कडाइका साथ लम्ब्याउने तयारी-Sutra News

उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप कडाइका साथ लम्ब्याउने तयारी

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाबारे थप छलफल गर्न आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने भएको छ ।



बैठक मंगलबार दिउँसो ३ बजे बस्ने एक अधिकारीले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएसंगै संक्रमणको डर बढिरहेको छ । निषेधाज्ञा खुकुलो हुनुअघि र खुकुलो भएपछिको अवस्थालाई तुलना गर्ने हो भने अहिले धेरै संक्रमितहरु देखिन थालेका छन् ।

संक्रमितको संख्या घटाउनका लागि निषेधाज्ञालाई थप कडा बनाउनुपर्ने सुझाव विज्ञहरुले दिंदै आएका छन् ।

सोही कारणले काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप बढाउने तयारी भइरहेको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा साउन २७ (बुधबार) बाट सकिँदै छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट