सर्लाहीको हार्डवेयर पसलमा आगलागी, आधा करोडको क्षति-Sutra News

सर्लाहीको हार्डवेयर पसलमा आगलागी, आधा करोडको क्षति

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।



आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

पसलमा आगलगी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । प्रहरी, स्थानीयवासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट