सत्तापक्षमा उन्माद चढिसक्यो, धम्क्याउन सुरु गरिसक्यो- ओली-Sutra News

सत्तापक्षमा उन्माद चढिसक्यो, धम्क्याउन सुरु गरिसक्यो- ओली

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले धम्की दिँदै हिंडेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सत्तापक्षमा उन्माद चढेको छ, अरुलाई धम्क्याउन थालेको छ ।’ उनले भने ।

केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दागर्दै प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक प्रतिनिधि सभामा बोल्दै ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको थिइन, काम गर्दा गर्दै प्रधानमन्त्री भएँ ।’

उनले आफू फेरि प्रधानमन्त्री हुने दाबीसमेत गरेका छन् । ‘६४ वर्षसम्म त म प्रधानमन्त्री भएको थिइन, भएँ । म झ्याल, जस्केला, छिंडीबाट होइन, मूल ढोकाबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ । असाधारण तरिकाले फेरि पनि आउँछु ।’

उनले आफूलाई कुनै ग्रह दशा राम्रो भएर प्रधानमन्त्री नभएको बताएका छन् । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन, मेरो कामले भएको हो,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट