काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेपछि जसपाका नेता बाबुराम भट्टराईले त्यसको खण्डन गरेका छन् ।
‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’