‘सुन खिया नलाग्ने धातु हो यसको ट्वाइलेट बनाउ यसलाई मानिसले लगाएर महंगो नबनाउ ।’ एक दर्शनिकले भनेका थिए ।
तर सुन र हिरा विश्वमा धेरै महंगो धातुमा पर्दछ । यही महंगो धातुको ट्वाइलेट बनाइएको छ ।
चीनको सांघाईमा दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो को आयोजना गरिएको थियो । एक्सपोमा १२,००,००० डलरको सुनको ट्वाइलेट सिट राखिएको थियो ।
जसमा ४०,८१५ वटा हीरा जडान गरिएको छ । यसलाई हङकङको एरोन शुम ज्वैलरी फर्मको कोर्नेटले डिजाईन गरेको हो ।
४०,८१५ हिराको तौल ३३४.६८ क्यारेट रहेको छ ।
ज्वैलरी फर्मले ट्वाइलेट सिटमा अधिक हिरा लगाएर गिनीज वल्ड बुकमा रेकर्ड राख्ने कोशिस गर्ने बताएको छ ।
यो ट्रेड फेयरमा ४०० सय क्यारेट हिराले बनाइएको गितार पनि रहेको छ । यसको तौल ४०० क्यारेट र मूल्य १४ करोड़ भन्दा बढी रहेको छ ।