मोटरसाइकल दुर्घटनामा परेर २६ वर्षीय युवकको ज्यान गयो-Sutra News

मोटरसाइकल दुर्घटनामा परेर २६ वर्षीय युवकको ज्यान गयो

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।



पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार नगरपालिका–४ बस्ने वर्ष २६ को सुशील पोखरेलको मृत्यु भएको हो ।

पोखरेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी दुई घाइते भएका छन् । घाइते हुनेमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्ने वर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडि सवार सोही स्थानका २१ वर्षीयको जय कार्की रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट