अमेरिकामा फेला पर्‍यो मान्छेको जस्तो दाँत भएको माछा-Sutra News

अमेरिकामा फेला पर्‍यो मान्छेको जस्तो दाँत भएको माछा

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ।



नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्।

उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः “शीप्सहेड” नामकरण गरिएको हो।

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।

बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट