काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण- आज थपिए १ हजार १८६ संक्रमित-Sutra News

काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण- आज थपिए १ हजार १८६ संक्रमित

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १,१८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घन्टामा नेपालमा थप ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज पिसिआर परीक्षणमा तीन हजार एक सय ९४ र एन्टिजेन परीक्षणमा एक हजार सात सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट