जसपामा बाबुराम ‘नम्बर वान’ !-Sutra News

जसपामा बाबुराम ‘नम्बर वान’ !

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

महन्थ ठाकुरसँगै १६ नेताहरूलाई जसपाबाट निकालेपछि उपेन्द्र यादव पक्षले जनता समाजवादी पार्टी (जसपा)को बरियता हेरफेर गरेको छ ।



निर्वाचन आयोगले अद्यावधिक गरिदिएको जसपाको बरियताक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पहिलो नम्बरमा रहेका छन् ।

डा. भट्टराई जसपाको संघीय परिषद अध्यक्षसमेत हुन् ।

दोस्रो बरियतामा भने उपेन्द्र यादव छन् । तेस्रो बरियतामा अशोक राई र चौथोमा राजेन्द्र श्रेष्ठलाई राखिएको छ ।

टीकापुर हत्याकाण्डमा संलग्न रहेको आरोपका कारण जेलमा रहेका रेशम चौधरीलाई समेत नयाँ कार्यसमितिमा राखिएको छ ।

राजेन्द्र श्रेष्ठपछि बरियतामा वर्णानुक्रमअनुसार अमृता अग्रहरी, गजाधर रोहिता यादव, गोविन्द चौधरी, गंगानारायण श्रेष्ठ, डम्मरुबल्लभ खतिवडा, दुर्गा सोब, नवराज सुवेदी, नवलकिशोर साह, प्रकाश अधिकारी, प्रशान्त सिंह, परशुराम खापुङ, परशुराम बस्नेत, भक्तबहादुर शाह, मनिषकुमार सुमन, महिन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई, युवराज कार्की, रकम चोम्जोङ, रणध्वज लिम्बु, रमेशप्रसाद यादव, राजकिशोर यादव, रामनरेश राययादव, रामसहायप्रसाद यादव, रेणुकुमारी यादव, रेशमलाल चौधरी, लालबाबु राउत, विजयकुमार, सुशीला श्रेष्ठ, हिसिला यमी र हेमराज राई छन् ।

jasapa.jpg

jasapa1.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट