बाढी र पहिरोका कारण बिच्छेद भएका सडक तत्काल मर्मत गरी सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन-Sutra News

बाढी र पहिरोका कारण बिच्छेद भएका सडक तत्काल मर्मत गरी सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरोका कारण बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरी सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।



सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा प्रधानमन्त्री देउवाले बाढीका कारण पुलहरु बगाएको र सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको भन्दै ततकाल यान्त्रीक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिएका हुन् ।

त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगाएत खाधान्नको उचित प्रवन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

 

उनले अझै मनसुनको समय बाँकी रहेको र आउन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन सहित चुस्त अवस्थामा रहने निर्णय भएको बताए ।

मनाङ, मेलम्ची लगाएतका स्थानमा तत्काल चारवटा यान्त्रीक पुल बनाउनका लागि नेपाली सेनासहितको टोली परिचालन गर्ने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

गोरखा, मनाङ, बाजुरा लगाएतका स्थानमा तत्काल खाधान्न, त्रिपाल, औषधि लगाएतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट