काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच छलफल भएको हो ।
सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्री देउवाले विभिन्न दलका शीर्ष नेता, विभिन्न देशका राजदूतसँगको भेटवार्तालाई बढाएका छन् ।