ओलीले गैर-कानूनी रूपमा जोडेको ६९ रोपनी जग्गा सरकारद्वारा जफत-Sutra News

ओलीले गैर-कानूनी रूपमा जोडेको ६९ रोपनी जग्गा सरकारद्वारा जफत

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खोलिएको ट्रस्टको ६९ रोपनी जग्गा सरकारले जफत गरेको छ ।



उनको नाममा उनकै जन्मस्थान तेह्रथुममा स्थापित ट्रस्टको जग्गा हदबन्दी भन्दा बढी भएको भन्दै मालपोत कार्यालय तेह्रथुमले जफत गरेको हो ।

ओलीले आफ्नो नाममा ट्रस्ट बनाउन १ सय ४३ रोपनी जग्गा किन्न लगाएका थिए । ट्रस्टको अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य रहेकी छन् ।

पहाडी क्षेत्रमा ७५ रोपनी भन्दा बढी जग्गा कुनै संस्थाको नाममा राख्न नपाइने भूमि ऐनमा उल्लेख छ । ओलीले आफ्नो ट्रस्टमा गैर-कानूनी रूपमा १ सय ४३ रोपनी जग्गा किनेर राखेका हुन् ।

मालपोत कार्यालयले ७५ रोपनी भन्दा माथिको जग्गा जफत गरेको हो । ओली प्रधानमन्त्री रहेकै बखत त्यो जग्गा किनिएको थियो ।

 

oli trust.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट