मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भागनजिक, केही स्थानमा वर्षाको सम्भावना-Sutra News

मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भागनजिक, केही स्थानमा वर्षाको सम्भावना

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भागनजिक रहेको जनाएको छ ।



महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भई देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।

राती प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

शुक्रबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट