काठमाडौं- नेकपा एमालेका युवा नेता विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्माल मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको श्वेतपत्रलाई ‘लालपत्र’ को संज्ञा दिएका छन् ।
बुधबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘लालपत्र’ को संज्ञा दिएका हुन् ।
नेता रिजालले कोभिडबाट प्रभावित आर्थिक क्रियाकलापलाई चलायमान बनाउन कुनै कार्यक्रम नआएको संकेत गरेका छन् ।
अर्थमन्त्रीले सदनमा श्वेतपत्र (White paper) होइन, लालपत्र (Red Paper) ल्याउनुभएछ।डेढ बर्षदेखि कोभिड छ, आर्थिक क्रियाकलाप ठप्प प्रायः छन्।त्यस्तो बेलामा अर्थतन्त्र चलायमान बनाउन गरेका पहललाई तथ्यांकको दोषी चश्माबाट अपभ्रंश गर्नुभन्दा गर्नुपर्ने काममा केन्द्रित भए बढी जस पाइएला नि!
— Bishnu Rijal (@bishnurijal1) August 11, 2021
उनले भने,‘अर्थमन्त्रीले सदनमा श्वेतपत्र (White paper) होइन, लालपत्र (Red Paper) ल्याउनुभएछ । डेढ बर्षदेखि कोभिड छ, आर्थिक क्रियाकलाप ठप्प प्रायः छन् । त्यस्तो बेलामा अर्थतन्त्र चलायमान बनाउन गरेका पहललाई तथ्यांकको दोषी चश्माबाट अपभ्रंश गर्नुभन्दा गर्नुपर्ने काममा केन्द्रित भए बढी जस पाइएला नि !’