एमाले एकताका लागि भीम आचार्यको ८ बुँदे अपिल-Sutra News

एमाले एकताका लागि भीम आचार्यको ८ बुँदे अपिल

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन् ।



पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत् एकताका लागि अपिल जारी गरेका हुन् ।

‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रर्वत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु ।’

 

पार्टीको आन्तरिक समस्या देखाएर अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि एमालेमा फाटो आएको हो ।

पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष ओली पक्षबीच पटक-पटक वार्ता भए पनि एकता हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट