विद्युत् प्राधिकरणको निर्देशकमा पुनःनियुक्ति पाएका घिसिङले आजै पदबहाली गर्ने तयारी-Sutra News

विद्युत् प्राधिकरणको निर्देशकमा पुनःनियुक्ति पाएका घिसिङले आजै पदबहाली गर्ने तयारी

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्। 



सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो।    

उनी यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।

उनले आजै पदबहाली गर्ने बताएका छन् ।

यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ।

शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट