लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा-Sutra News

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । 



लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले अधिवेशन आह्वानविरुद्ध रिट दायर गरेका थिए ।

निवेदनमा पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गत वैशाखमा गठन भएको भन्दै अविश्वास प्रस्ताव ल्याउन नमिल्ने उल्लेख गरिएको छ ।  

उक्त मुद्दा मंगलबार हेर्न नभ्याइने सूचीमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट