कुलमानको आगमनपछि हितेन्द्र शाक्य ऊर्जा आयोगको सचिवालयमा नियुक्त-Sutra News

कुलमानको आगमनपछि हितेन्द्र शाक्य ऊर्जा आयोगको सचिवालयमा नियुक्त

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएसँगै जल तथा ऊर्जा क्षेत्रको ‘थिंक ट्यांक’ मानिएको जल तथा ऊर्जा आयोगको सचिवालयमा नियुक्त गरेको छ ।



कुलमान घिसिङलाई प्राधिकरणको निर्देशकमा नियुक्त गरेपछि उनलाई ऊर्जा आयोगको सचिवालयमा नियुक्त गरिएको हो ।

सरकारले शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो । 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो।    

उनी यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट