काँग्रेस महाधिवेशन- आफूलाई असक्षम घोषणा गर्न देउवाले बोलाए आफू पक्षीय नेताहरुको भेला-Sutra News

काँग्रेस महाधिवेशन- आफूलाई असक्षम घोषणा गर्न देउवाले बोलाए आफू पक्षीय नेताहरुको भेला

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन सार्नका लागि आफूपक्षका नेताहरुसँग छलफल सुरु गरेका छन् ।



देउवाको निजी निवास बूढानीलकण्ठमा छलफलका लागि उनले पार्टीका नेताहरुलाई बोलाएका हुन् ।

देउवाको बेवास्ताका कारण काँग्रेस महाधिवेशन तोकिएको समयमा नै नहुने पक्का भएको छ ।

यता रामचन्द्र पौडेल पक्षले भने तोकिएको समयमा नै महाधिवेशन नभए देउवालाई सभापति मान्न नसकिने बताउँदै आएका छन् ।

आजै क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरूको बैठक पनि बस्दैछ ।

समयमा नै महाधिवेशन हुन सकेन भने त्यसको जिम्मा देउवाले लिनुपर्ने नेताहरुले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट