ओलीसँग कुनै पनि हालतमा पार्टी एकता नहुने माधव नेपालको निश्कर्ष-Sutra News

ओलीसँग कुनै पनि हालतमा पार्टी एकता नहुने माधव नेपालको निश्कर्ष

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडाैं । माधव नेपालले एमालेसँगको एकताको च्याप्टर क्लोज भएको बताएका छन् । आफूनिकटका नेताहरुसँग अनौपचारिक कुराकानीमा नेता नेपालले केपी ओलीले विधान संशोधन गरेर आफूहरुलाई प्रवेश गर्न नै नदिने गरी आएको भन्दै च्याप्टर क्लोज भएको बताएका हुन् ।



नेताहरु युवराज ज्ञवाली, विरोध खतिवडा, जगन्नाथ खतिवडालगायतका नेताहरुसँग नेपालले २०७८ साउन २६ गते  विहानै छलफल गरेका थिए । उनीहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

स्राेतका अनुसार, कोटेश्वर पुगेको नेताहरु एकैपटक भने पुगेका होइनन् । फरक फरक समयमा पुगेका उनीहरुलाई नेपालले त्यही च्याप्टर क्लाेजकाे कुरा दोहो¥याएका थिए ।

”एमालेको एकता एकता भनिरहने साथीहरुले पनि त अब त देख्नुभयो होला नि मैले त पहिला नै केपी ओलीले यस्तो गर्छन् भनेर भनेको थिएँ नि” भन्दै नेपालले नेताहरुलाई अब समानान्तर गतिविधि गरेर नयाँ पार्टी निर्माणको पृष्ठभूमि तयार गर्न सुझाव दिएकाे जानकारी हुन आएकाे छ ।  

अब देशव्यापी रुपमा पार्टीको समानान्तर संगठन निर्माण बनाउनु पर्ने कुरा नेपालले उठाइरहेका थिएँ । तर, पछिल्ला दिनमा भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य,योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु जसरी पनि एकता गर्नुपर्ने पक्षमा थिए । जब एमालेले विधान संशोधनका क्रममा अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेका छन्, त्यहीकारणले एकता नहुने नेपाल पक्षका नेताहरु बुझेकाे बताउँछन् ।

उपाध्यक्ष दुई जनामात्रै हुने भएपछि भीम रावल, अष्टलक्ष्मी शाक्यदेखि वामदेव गौतमसम्मका लागि अवसर देखिएको छैन् । महासचिव पनि मनोनित हुने भएपछि सुरेन्द्र पाण्डेको सपना पनि विधान संशोधनले चकनाचुर भएको छ । त्यसैले उनी अब एमालेमा फर्किने संभावना कम रहेको टिप्पणी हुन थालेको छ । साँघुन्यूजमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट