लुम्बिनी अपडेट – प्रदेश सभा बैठकमा सत्तापक्षीय सांसद अनुपस्थित-Sutra News

लुम्बिनी अपडेट – प्रदेश सभा बैठकमा सत्तापक्षीय सांसद अनुपस्थित

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

भर्खरै शुरू भएको लुम्बिनीको प्रदेश सभा बैठकमा सत्तापक्षीय सांसदहरू अनुपस्थित भएका छन् ।



मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावका बारेमा छलफल गर्न बोलाइएको बैठकमा एमालेका सांसदहरू अनुपस्थित भएका हुन् ।

बैठकमा सत्तापक्षीय कुर्चीहरू खालि देखिएका छन् । यसअघि पोखरेलले राजीनामा दिइसकेका छन् ।  

बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल शुरू भएको छ । प्रस्तावलाई आजै छलफलपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट